
हाल (शुक्रबार बिहान) देशभर आंशिकदेखि सामान्यता बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ।
देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी राति देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यता बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।


