• शनिबार, साउन ९ २०८३

लकडाउनमा खाधान्न अभाव हुन नदिन गोरखा २ मा बन्यो समिति


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

गोरखा । लकडाउनका बेला खाधान्न लगायतका अत्यावस्यक सामाग्रीको आपूर्ति सहज बनाउन गोरखा नगरपालिका वडा नम्बर २ मा समिती गठन भएको छ ।

शुक्रबार वडा कार्यालयको आयोजनामा भएको स्थानीय ब्यवसायीको भेलाले स्थानीय वासिन्दालाई सहज रुपमा खाधान्न आपूर्ति गर्न भन्दै समिती गठन भएको वडाध्यक्ष रहमतुल्ला मियाँले बताए ।

लकडाउनका समयमा खाधान्न अभाव हुन नदिन स्थानीय जनप्रतिनिधी, प्रहरी र ब्यवसायी सहितको संयुक्त समिती बनेको हो ।

वडा सदस्य तिलक बहादुर बानियाँको संयोजकत्वमा गठन भएको समितीमा ताप्ले प्रहरी चौकीका इन्चार्ज बिर बहादुर सुनार, स्थानीय व्यापारी सुभाष भट्टराई लगायत रहेका छन् ।

समितिले प्रत्येक २र२ दिनमा वडाभित्र रहेका पसलमा रहेको स्टक सामाग्रीको विवरण वडा कार्यालयलाई बुझाउने र खाधान्नको समस्या भए आयातमा समन्वय गर्ने निर्णय समेत भएको वडाध्यक्ष मियाँले सिभिलखबरलाई जानकारी दिए ।

त्यस्तै भेलामा वडाक्षेत्र भित्र बाहिरी नागरिक प्रवेश गर्न नदिने र कोरोना भाइरसको रोकथामका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

त्यसका लागि वडाभित्र रहेका बस्तीहरुमा क्लोरिन झोल छर्कने, सामाजिक दुरी कायम राख्ने, लकडाउनको पालना गर्ने लगायतका बिषयमा समेत छलफल भएको मियाँको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार