• शनिबार, भाद्र २७ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर अहिलेसम्मकै महँगो


शुक्रबार, असार ३१ २०७९
1K
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

यस्तै अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ।  


बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार