• आइतबार, साउन १० २०८३

इसेवाले भन्यो ‘ग्राहकको गोपनियतामा संवेदनशील छौ, अफवाहको पछि नलाग्नुस्’


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

गोरखा । आफ्ना ग्राहकको गोपनियतामा आफुहरु गम्भिर रहेको भन्दै इसेवाले अफवाहको पछि नलाग्न अनुरोध गरेको छ ।

केहिदिनयता इसेवासंग जोडेर बिभिन्न अनलाइन पोर्टल र सामाजिक सञ्जालमा नकरात्मक अफवाह फैलाइएको प्रति इसेवाले प्रेस विज्ञप्ती जारी गर्दै दुख ब्यक्त गरेको छ ।

‘इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ ।’ विज्ञप्तीमा भनिएको छ ‘कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ ।’

त्यस्तै हालको परिस्थितीमा नगद रहित भुक्तानी लगायतका सेवा प्रभावकारी रहेको भन्दै ढुक्कसंग इसेवा प्रयोग गर्न समेत इसेवाले ग्राहकलाई आह्वान गरेको छ ।

विज्ञप्तीमा इसेवाले लेखेको छ ‘विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार