
जुम्ला। जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
हिमा गाउँपालिका –१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा राति १ बजेतिर पहिरो जाँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको हो।
पावर हावसका चौकीदार गोरखबहादुर राउतकी श्रीमती विमला राउत, ९ वर्षका छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको मत्यु भएको प्रहरीले जनाएको छ।

