• मंगलबार, साउन १२ २०८३

थप २६० जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १,१७१ पुग्यो


बिहिबार, असार ३० २०७९
685
Shares

पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीनहजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार १७१ पुगेको छ ।

आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार