President Bidhya Devi Bhandari launching digital signature campaign in Maharajgunj, Kathmandu, on Wednesday. Digital signature is a special government certified identification code used to
authenticate digital information such as e-mail messages by the sender or the signatory. Photo: THT
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको बताइन ।
देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गरेकी छन् ।
आफ्नै घरमा बसेर व्यक्ति व्यक्तिबीचको दुरी कायम गरे कोरोनासँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उनको भनाई छ ।
यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उनले बताइन ।