• शनिबार, भाद्र २७ २०८३

गाउँ भाचोकमा ‘पाउना घर’


बिहिबार, असार ३० २०७९
1.1K
Shares

निरज अधिकारी

बेसीशहर। लमजुङको पर्यटकीय गाउँ भाचोकमा पाउनाहरुलाई व्यवस्थित बसोबास मिलाउने उद्धेश्यले पाउना घर निर्माण थालिएको छ ।

पर्यटकीय हिसावले निकै संभावना बोकेको बेसीशहर नगरपालिका–१० स्थित भाचोक गाउँमा आउने पर्यटकहरुलाई स्वागत सत्कार सहित बसोबासका निमित्त सहज होस भन्ने हेतुले पाउना घर निर्माण थालेको लालीगुराँश आमा समूहका अध्यक्ष सुनिता गुरुङले बताइन् ।

लालीगुराँश आमा समूहकै अगुवाइमा निर्माण थालिएको पाउना घरका लागी देश विदेशबाट सहयोग समेत जुट्न थालेको छ । गाउँ भाचोक घर भई हाल युके र अष्ट्रेलिया बसोवास गर्दै आएकाहरुले पाउना घर निर्माणका लागी ९ लाख ३१ हजार ९ सय ६७ रुपैँया सहयोग पठाएका छन् ।

पाउना घर निर्माणका लागी हाल युके निवासी याम बहादुर गुरुङले रु. १ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । यस्तै युके निवासी हरि गुरुङले १ लाख ५५ हजार ५ सय ५५ रुपैया, डम्बर गुरुङले १ लाख ५५ हजार ५ सय ५५ रुपैया पठाएका छन् ।

त्यस्तै युके बसोबास गर्ने लिल जंग गुरुङले १ लाख ३० हजार २ सय ९० रुपैया, टस बहादुर गुरुङले ६० हजार ६६ रुपैया, चन्द्रकला गुरुङले ५५ हजार ५ सय ५५ रुपैया सहयोग पठाएका हुन् । यस्तै युके निवासी दिमसरी गुरुङ, भक्त गुरुङ र प्रीति गुरुङबाट नगद ५०/५० हजार सहयोग भएको छ । युके निवासी कुम बहादुर गुरुङले २४ हजार ३ सय ३५ रुपैया र अष्ट्रेलियाबाट तारा गुरुङले ५५ हजार ५५ रुपैया सहयोग गरेका छन् ।

सो सहयोग रकम युकेबाट अभियानकर्ता डम्बर गुरुङले संकलन गरेर पठाएका हुन् । प्राप्त सहयोग रकम समन्वकर्ता तथा स्थानीय समाजसेवी नेत्र गुरुङले स्थानीयको रोहवरमा आमा समूलाई हस्तान्तरण गरेका छन् । यसअघि आमा समूह भवन निर्माणका लागी भनी बेसीशहर नगरपालिकाबाट ५ लाख रुपैँया बजेट प्राप्त भएको थियो ।

पछिल्लो समय देश विदेशबाट संकलित ४ लाख ५० हजार र सोहि ५ लाख बजेटबाट आमा समूहको पाउना घर निर्माण थालिएको भवन निर्माण समितिका अध्यक्ष नन्द जंग गुरुङले जानकारी दिए ।

सदरमुकाम बेसीशहरबाट पैदलमा १ घण्टा र सवारीमा छोटो समयमै पुग्न सकिने यस भाचोक गाउँमा गुरुङ संस्कारमा आधारित संस्कृतिहरु हेर्न स्थानीय अर्गानिक परिकारहरु चाख्न पाइन्छ । गाउँमा अब छिट्टै होमस्टे अर्थात घरबास कार्यक्रम शुरु गर्ने स्थानीयको तयारी छ ।

गाउँबाट सदरमुकाम बेसीशहरको प्रष्ट दृश्य, विभिन्न हिमालका दृश्य, शुर्यास्त सँगै विभिन्न गाउँ बस्तिहरु प्रष्ट देख्न सकिन्छ । चर्चित पर्यटकीय गन्तब्य मेमे पोखरी, बराहपोखरी जान पनि यहाँबाट नजिक र सहज गन्तव्य छ । यहाँ ५२ घरधुरी अवस्थित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार