• शनिबार, साउन ९ २०८३

कपिलवस्तुमा भीषण आगलागी, पूरै बस्ती सखाप


शनिबार, चैत्र २२ २०७६
890
Shares

कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा भीषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ ।

गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो । आगोले गाउँका पूरै घर जलेका छन् ।

गाउँको उत्तरदेखि शुरू भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो ।

आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगलागीबाट करीब एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार