• आइतबार, भाद्र २८ २०८३

बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


बिहिबार, असार ३० २०७९
595
Shares

बिहीबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार