• शनिबार, साउन ९ २०८३

कोरोनाबाट मर्नेकाे संख्या ६० हजार नजिक, ११ लाख संक्रमित


शनिबार, चैत्र २२ २०७६
915
Shares

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ५९ हजार १ सय ४० पुगेको छ भने संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

यो शनिबार बिहान ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म २ लाख ८७ हजार ५ सय ४५ जना उपचारपछि निको भएका छन्।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट शुक्रबार एकै दिन ५९ सय ७३ जनाको मृत्यु भएको छ।

यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। शुक्रबार कोरोनाका ८२ हजार ७ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा शुक्रबार कोरोना संक्रमणबाट १३ सय २० जनाको मृत्यु भएको छ। ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ। संक्रमणबाट ७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ।

अमेरिकापछि शुक्रबार फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ११ सय २० जनाको मृत्यु भएको छ। ५२ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा अहिलेसम्म मृतकको संख्या ६५ सय ७ र संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार