
गोरखा । गोरखा सदरमुकाममा एक युवककाे शव भेटिएकाे छ । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित खाेलखाेले नजिकै नगरपालिका जाने सडककाे नालीमा साेही वडाकाे आलेगाउँका २४ बर्षका अनिष आलेमगरकाे शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।



नालीभित्र झारीले छाेपिएकाे अवस्थामा उनकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सिभिलखबरलाई बताए ।

बिहान ७ बजेर ३० मिनेट जादा स्थानीयले उनकाे शव देखेपछि प्रहरीलाई खबर आएकाे उनले बताए । उनकाे कान लगायतमा चाेटपटक समेत देखिएकाले घटना शंकास्पद रहेकाे र प्रहरीले अनुसन्धान सुरु गरिसकेकाे एसपी खनालकाे भनाई छ ।

