• आइतबार, भाद्र २८ २०८३

सेप्टेम्बर २०२२ देखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने


बुधबार, असार २९ २०७९
1.8K
Shares

आगामी सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ। 

कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ ले पुनः सञ्चालनमा ल्याउने भएको हो। यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको व्यवसायीक उडान सुरु गरेको थियो। 

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ। फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ। बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ। 

बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ। 

यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ।

साथै प्रति व्यक्ति २० हजार डलर बराबरको बिमा समेत रहेको कम्पनीले जनाएको छ। बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ।  

२१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ। बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार