• आइतबार, भाद्र २८ २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


बुधबार, असार २९ २०७९
775
Shares

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो।

त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार