• आइतबार, भाद्र २८ २०८३

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


बुधबार, असार २९ २०७९
615
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ २३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८३ पैसा पाइन्छ। 

बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९८ पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ १ पैसा तोकेको छ। 

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४१४ रुपैयाँ २८ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर आज नेपाली ३३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ६४ पैसा तोकिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार