
गाेरखा । गुरु पुर्णिमाको अवसरमा गोरखा नगरपालिका वडा नं ४ स्थित फिनाममा गुरु तथा शिष्यलाई सम्मान गरिएको छ ।

बुधबार वडा कार्यालयद्धारा आयोजित कार्यक्रममा वडाका पुर्व शिक्षक र मन्त्रालयका पुर्व सचिव, मन्त्रालयका शाखा अधिकृतालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा पुर्व शिक्षक राम बहादुर थापा, बलराम थापामगर, दिपेन्द्र बहादुर खड्का, माधव थापा मगर र पण्डित विष्णु प्रसाद भट्टराई, मन्त्रालयका पुर्व सचिव केशर बहादुर बानियाँ, उत्कृष्ट शिष्यका रुपमा मन्त्रालयका शाखा अधिकृत मदन खड्कालाई गुरु पुर्णिमा अवसरमा सम्मान गरिएको वडा अध्यक्ष लाल प्रसाद भट्टराईले जानकारी दिए ।
वडा अध्यक्ष भट्टराईको अध्यक्षता तथा मन्त्रालयका पुर्व सचिव बानियाँको प्रमुख आतिथ्यता रहेको कार्यक्रम वडा टोलबासीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।


