• आइतबार, भाद्र २८ २०८३

विश्वकप लिग-२ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै


बुधबार, असार २९ २०७९
835
Shares

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दाेस्राे खेल खेल्न लागेकाे हाे ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

पहिलाे खेलमा नामिबियासँग पराजित भएकाे नेपाल स्कटल्याण्डकाे सामना गर्दा दबाबमा हुनेछ ।

स्कटल्याण्डले भने पहिलाे खेलमा नामिबियालाई हराएकाे थियाे ।

स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

ब्याटिङमा कमजाेर प्रदर्शन हुँदा नेपाल पहिलाे खेलमा नामिबियासँग ४० रनले पराजित भएकाे थियाे ।

दाेस्राे खेलमा ब्याटिङ अर्डरमा केही परिवर्तन हुने प्रशिक्षक पुबुदलु पहिले खेलपछि बताएका थिए ।

लिग टू मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार