नेपाल हज कमिटीका अध्यक्ष शमसेर मियाँले कोरोना रोकथाम र उपचारका लागि आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
सिभिलखबरसंगको कुराकानीमा सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अध्यक्ष मियाँले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन ।
विश्वब्यापी रुप लिएको कोरोना भाइरसको रोकथाम र यसबाट संक्रमित बिरामीको उपचारका लागि आफुले सरकारबाट पाउदै आएको एक महिनाको सुविधा सरकारकै खातामा जम्मा गरिदिने उनले सिभिलखबर मार्फत बताएका हुन ।
नेपालमा समेत यस भाइरसबाट ६ जनाको लक्षण पोजेटिभ देखिसकेको छ भने सरकारले २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।