• आइतबार, भाद्र २८ २०८३

चुमनुब्रीमा हेलिकप्टर मार्फत रकम ढुवानी


बुधबार, असार २९ २०७९
790
Shares

गाेरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर मार्फत रकम गरिएको छ ।

गाउँपालिका केन्द्रमा रहेको कुमारी बैंकले पालिकाको चालु वर्ष सञ्चालन भएको योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता िबतरण गर्न लगाएतका प्रयोजनका लागी बैकंमा रकम मौज्जात सकियपछि हेलिकप्टर मार्फत ढुवानी गरीएको हो ।

बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरुको भुक्तानी हुन सकेको थिएन, बैंकलाई पटक पटक आग्रह गरेपछि हेलिकप्टरबाट पैसा ल्याएर बितरण थालेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका तिब्बत सँग सिमाना जोडिएको पालिका हो । मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने उक्त ठाउँमा हेलिकप्टर लैजान गृहमन्त्रालयबाट अनुमती लिनुपर्छ । स्थानीय तह, जिल्ला प्रशासन, गृहमन्त्रालय हुँदै अनुमती प्रक्रिया पुरा गरेपछि मात्रै हेलिकप्टर उँडाउन पाउने ब्यवस्था छ ।

गाडी आउने बाटो नभएको हुनाले हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले बताए । पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भईरहेको उनले बताए ।

सरकारले हरेक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा राख्ने योजना अनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा कुमारी बैंकको शाखा संचालनमा आएको हो र उक्त बैंकले यस अघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकप्टरबाट ल्याएर बितरण गरेको पोखरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार