
गोरखा। गोरखाको पस्लाङमा मोटरसाइकल दुर्घटना हुँदा २५ बर्षीय युवकको मृत्यु भएको छ ।

गोरखा नगरपालिका ५ पस्लाङमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा सोही ठाउका प्रतीक थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा ६५ प ५०५६ नंबरको मोटरसाइकल साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू भएको वडाअध्यक्ष खिलबहादुर रानाले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले प्रहरीले जनाएको छ ।


