
गोरखा। गोरखाको सिरानचोक ६ गैरीगाउँमा सुख्खा पहिरोले पुरिएर ८० बर्षीय वृद्धको मृत्यू भएको छ ।

मृत्यु हुनेमा साेही गाउँका सुकबहादुर गुरुङ रहेका छन् । मंगलबार जंगलमा दाउरा काट्न गएका गुरुङकाे साँझ साँढे पाँचबजेतिर माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाउने वित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिई गएका प्रहरीले उद्धार गर्दा गुरुङको मृत्यू भइसकेको अबस्थामा भेटिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
गुरुङको शव पोष्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

