
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
देशभर आज बुधबार को मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


