• मंगलबार, साउन १२ २०८३

पछिल्लो २४ घण्टामा थप ११७ जनामा कोरोना पुष्टि


मंगलबार, असार २८ २०७९
665
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ११७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४४ र एन्टीजेन परिक्षण गर्दा ३३ गरी जम्मा ११७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ६४ हजार ९०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ८७३ जना रहेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार