• आइतबार, भाद्र २८ २०८३

साैगात अभिनित फिल्म ‘पोइ पर्यो काले’को सिक्वेल ‘पोइ पर्याे बुढो’ बन्ने


मंगलबार, असार २८ २०७९
890
Shares

सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘पोइ पर्यो काले’को सिक्वेल बन्ने भएको छ। यसको सिक्वेलको नाम ‘पोइ पर्याे बुढो’ राखिएको छ।

चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको निर्माता किरण नेपालीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

‘हाम्रो टिमले चलचित्र पोइ पर्याे कालेको सिक्वेल पोइ पर्याे बुढो विकास बोर्डमा दर्ता गरेका छौं। तर फिल्ममा कसको भूमिका के रहन्छ अथवा अहिले कलाकार को-को रहने भन्ने विषयमा निर्णय भएको छैन,’ उनले लेखेका छन्।

‘पोइ पर्याे बुढो’मा कलाकार फाइनल नभएपनि ‘पोइ पर्याे काले’का अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्मा देखिने चर्चा छ। 

२०१९ मा प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्यो काले’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन। तर युट्युबमा भने दर्शकले निकै रूचाएका थिए। यो फिल्मलाई शिशिर रानाले निर्देशन गरेका थिए। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार