• मंगलबार, साउन १२ २०८३

एकैदिन थपिए १७७ कोरोना संक्रमित


मंगलबार, असार २८ २०७९
750
Shares

पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीनहजार १२६ वटा नमुना परीक्षण गर्दा एकैदिन १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।

आज ६४ हजार ९०७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार