• आइतबार, भाद्र २८ २०८३

असोज १४ गतेलाई प्रदर्शन मिति ताेक्दै ‘परदेशी २’ को टिजर सार्वजनिक


मंगलबार, असार २८ २०७९
745
Shares

नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’को टिजर सार्वजनिक भएको छ। 

निर्माण टिमले शुक्रबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका छन्। यो फिल्म दशैंको अवसर पारेर असोज १४ गतेदेखि प्रदर्शन हुनेछ।

सार्वजनिक टिजरमा विदेशमा रहेका नेपाली विद्यार्थीको कथालाई देखाइएको छ। 

राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म हो।

फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्। 

मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। फिल्मको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ।

https://youtu.be/sIavUDgxvQQ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार