• आइतबार, भाद्र २८ २०८३

भानुजयन्ती मनाउन भोलि गण्डकीमा सार्वजनिक बिदा


मंगलबार, असार २८ २०७९
1K
Shares

गण्डकी प्रदेश सरकारले भानुजयन्तीका अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा (भानु जयन्ती) मनाउन बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

तनहुँमा जन्मिएका आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।

अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार