• आइतबार, भाद्र २८ २०८३

हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर सडक हस्तान्तरण


मंगलबार, असार २८ २०७९
740
Shares

गाेरखा । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडक खण्ड हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रम गरी धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि सोही पालिकाको वडा नम्बर ३ दोभानसम्मको उक्त खण्ड हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञावलीलाई हस्तान्तरण गरेका हुन् ।

सेनाले अहिलेसम्म हावाडाँडादेखि पाङसिङसम्मको ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ । त्यहाँदेखि माथिको खण्डमा ग्रेड मिलाउनुपर्ने, केही काम बाँकी रहेको प्राविधिक सेनानी भट्टले बताए । यस सडक निर्माण काम छिटो सकेर हस्तान्तरणको प्रक्रियामा जाने उनले बताए ।

हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ । १४ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्रयाक खोलिएको छैन ।
२०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो ।
२०६३÷६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक निर्माणको काम सुरु भएको थियो । २०६६÷०६७ सालदेखि सडक आयोजना कार्यालयले निर्माणको काम सुरु गरेको थियो । सडक विभागले २०७४ सालदेखि हावाडाँडादेखि लार्केसम्मको निर्माणको काम जिम्मा लिएको थियो ।

भौगोलिक बिकटता, कडा चट्टान बिस्फोट गर्नुपर्ने लगायतका कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन । अन्ततः २०७३ साल मंसिर २६ गते मन्त्रीपरिषदको बैठकले सो क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय ग¥यो र काम अघि बढाइयो । हावाडाँडाबाट सुरु भएको सडक धार्चे गाउँपालिकाको लापुवेशी, माछाखोला, चुमनुब्रीको जगत, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै लार्केभञ्ज्याङ सम्म पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार