• आइतबार, भाद्र २८ २०८३

कति पुग्यो डलर र रियालको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


सोमबार, असार २७ २०७९
745
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४६ पैसा पाइन्छ। 

सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा तोकेको छ। 

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८ रुपैयाँ ७१ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ४१ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३३७ रुपैयाँ १८ पैसा पाइन्छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार