• मंगलबार, साउन १२ २०८३

भारतमा एकैदिन थपिए १८ हजार बढि कोरोना संक्रमित


सोमबार, असार २७ २०७९
640
Shares

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ ।

कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार