• आइतबार, भाद्र २८ २०८३

गोरखामा अवैध रुपमा जडिबुटी ओसारपसारमा संलग्न एकजना पक्राउ


सोमबार, असार २७ २०७९
680
Shares

गाेरखा । अवैध रूपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एकजना व्यवसायीलाई पक्राउ गरेको छ ।

धार्चे गाउँपालिका धार्चे ५ यमगाउँका सुकबहादुर गुरुङलाई शनिबार अपरान्ह तीनबजे आरुघाटको बगैँचा टोलबाट पक्राउ गरिएको एसपी केदार खनालले बताए । जटिबुटी खोसारपसार गर्ने व्यवसायी गुरुङसित आवश्यक कागजात नभएकाले पक्राउ गरिएको एसपी खनालले जानकारी दिए ।

छुटपुर्जीबिना जडिबुटी ओसारपसार गरिरहेका गुरुङको साथबाट १६ बोरा(करिब २९५ किलोग्राम) सेतक चिनी, दुईबोरा(४६ किलोग्राम) वनलसुन र दुईबोरा(४२ किलोग्राम) सतुवा र सो जडिबुटी ढुवानीका लागि प्रयोग गरिएको बागमती प्रदेश ०१–०२६ च ८०८२ नंबरको जीप बरामद गरिएको  उनले बताए । जडिबुटी र व्यवसायी गुरुङलाई सोमबार वन डिभिजन कार्यालयमा बुझाउने कार्यक्रम रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार