• आइतबार, भाद्र २८ २०८३

नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने 


आइतबार, असार २६ २०७९
960
Shares

नेपाली क्रिकेट खेलाडी रित गौतमले  न्युजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

यू–१९ राष्ट्रिय टोलीका पूर्व कप्तान रितलाई अकल्यान्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको हो ।

क्लबले आइतबार रितलाई ६ महिनाको लागि अनुबन्ध गरिएको जनाएको छ । रित नेपालीका लागि उमेर समूहको क्रिकेटमा दुई अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी हुन् ।

सन् २०१९ मा रितले नेपालको यू–१९ टिमको कप्तानी गरेका थिए । सोही प्रतियोगितामा सिंगापुरविरुद्ध उनले शतक प्रहार गरेका थिए । यू–१६ मा २०१७ मा उनले म्यानमारविरुद्ध शतक बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार