पाल्ला । इस्लामिक समाज रामपुर पाल्पाले श्रमजीवि तथा मजदुरलाई खाद्दान्न वितरण गरेको छ ।
सरकारले लकडाउन घोषणा गरेसंगै मजदुरको दैनिक जीवजयापनमा समस्या आएको भन्दै समाजले रामपुर नगरपालिकाभित्रका करिब एक सय घरधुरीका मजदुर तथा विपन्नलाई आवस्यक खाधान्न वितरण गरेको संरक्षक इर्शाद अलि शेखले जानकारी दिए ।
रामपुर घर भई हाल रोजगारीको सिलसिलमा कतारमा रहेका मुस्लिम युवाहरुको संस्था इस्लामिक सक्रिय युवा समाज कतार र स्थानीय समाजसेवीहरुको बिशेष सहयोगमा रामपुर नगरपालिका भित्रका ज्यालादारी मजदुर, बिपन्न बर्ग तथा असहाय परिवारलाई खाद्य सामग्री सहयोग गरिएको बताइएको छ ।
समाजले प्रति परिवार १० केजी चामल, २ केजी चिउरा, २ केजी दाल, २ लिटर खाने तेल, १ केजी चिनी र १ केजी नुनको एक प्याकेज बनाइ वितरण गरेको संस्थापक सदस्य समेत रहेका शेखले सिभिलखबरलाई जानकारी दिए ।
साथै समाजले रामपुर नगरपालिकाको सहकार्यमा हालसम्म १९ ठाँउमा कोरोना भाइरसबाट बच्न जनचेतनामूलक ब्यानर टाँस गरेको, १४ ठाँउमा हात धुने ठाँउ निर्माण गरेको, प्रार्थना गर्ने ठाँउहरु मस्जिद लगायतमा साबुन सेनिटाइजरको ब्यवस्था समेत गरिसकेको संस्थाका अध्यक्ष शेख अब्दुल्लाहले बताएका छन् ।



