• आइतबार, भाद्र २८ २०८३

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप


आइतबार, असार २६ २०७९
605
Shares

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ ।

उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।

‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् ।

उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् । 

एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार