• आइतबार, भाद्र २८ २०८३

काठमाडौँ आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख


आइतबार, असार २६ २०७९
595
Shares

lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] g]kfndf sf7df8f}F, @^ c;f/ M lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] cfOtaf/ g]kfnsf] rf/ lbg]] ed|0fsf qmddf lqe'jg cGt//fli6«o ljdf:yndf cfOk'Ug' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेका छन् ।

राजनीतिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका उनले आजैदेखि यहाँका प्रमुख नेताहरुसँग उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् । चीनकै विशेष विमानबाट ६ सदस्यीय टोलीसहित लिउ काठमाडौँ आएका हुन् ।

उनलाई बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेलले स्वागत गरेका थिए । सो क्रममा सबै प्रमुख दलका विदेश विभाग हेर्ने नेताहरु पनि उपस्थित रहेको जनाइएको छ ।

४ दिने भ्रमणमा काठमाडौँ आएका लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ । साे भेटमा चिनियाँ प्राेजेक्ट बिआरआई लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार