• आइतबार, भाद्र २८ २०८३

देशभर बदली, धेरै स्थानमा वर्षा हुने


आइतबार, असार २६ २०७९
625
Shares

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

देशभरको मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी क्षेत्रमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी स्थानका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार