• आइतबार, भाद्र २८ २०८३

आज बकर इद मनाईदै, देशभर सार्वजनिक बिदा


आइतबार, असार २६ २०७९
1.7K
Shares

गोरखा । आज देशभरका बकर इद (इदुल अजहा) पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । मुस्लिम समुदाय दाेस्राे मुख्य पर्वका रुपमा रहेकाे बकर इद मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् जिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । आज बकर इदका दिन मस्जिद वा इदगाहमा गई सामुहिक नमाज पढी अल्लाहकाे प्राथाना गर्ने चलन रहेकाे मुस्लिम अगुवाहरु बताउछन् ।

बकर इदकाे मुख्य विशेषता कुर्वानी पनि हाे । अल्लाहकाे नाममा दिने जनावरकाे बलीलाई कुर्वानी भनिन्छ ।

सामान्यता कुर्बानीको मासु तीन भागमा बाँडी वितरण धार्मिक नियम छ । जसमा एक भाग गरीब एवं विपन्न परिवारका लागि, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

आज गोरखासहित देशभरका मुस्लिम समुदायले एकसाथ बकर इद मनाउदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार