रोटरी क्लव अफ गोरखाको २० औँ र रोट्र¥यक गोरखाको ११ औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच डिस्ट्रीस्क ३२९२ को वर्ष २२÷२३ को डिस्ट्रीस्क गर्भनर नोमिनी राजेन्द्र मान शेरचनको प्रमुख आतिथ्यता तथा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरको विशेष अतिथ्यतामा पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम भएको हो ।
रोटरी क्लव अफ गोरखाको अध्यक्षमा कृष्ण ढकाल चयन भएका छन् । रोटरी क्लवको वर्ष २०२२÷०२३ का लागि ढकालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
क्लवको निवर्तमान अध्यक्ष विशाल रानामगर, पे्रसिडेन्ट इलेक्टमा ज्ञानहरी अर्याल, प्रोसिडेन्ट नोमिनीमा विनोद बस्नेत, भाइस प्रेसिडेण्टमा रामस्वरुप श्रेष्ठ, सेके्रटरीमा अन्जनबाबु खत्री, कोषाध्यक्षमा अजीतरमण खनाल र सहसचिवमा संगमबाबु श्रेष्ठ चयन भएका छन् ।
क्लवको एडमिन चेयरमा लक्ष्मी श्रेष्ठखत्री, सर्भिस प्रोजेक्ट चेयरमा सुरेन्द्र कुँवर, पब्लिक इमेज चेयरमा काजीराम श्रेष्ठ, डिआरएफमा कृष्णप्रसाद ढकाल र मेम्बरसिप चियरमा कुशललाल श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, क्लव ट्रेनर पवनरमन खनाल, सरेन्जट एडआर्ममा काशीनाथ अम्गाई र आरएनएलएम चेयरमा नकुल थापा चयन भएको सचिव अन्जनबाबु खत्रीले बताए । क्लवको रिजन २० को एजीमा नकुल थापा चयन भएको उनले बताए ।