• शुक्रबार, भाद्र १९ २०८३

धार्मिक सभामा समेल भइ फर्केकालाई स्थानीय सरकारको सम्पर्कमा जान मुस्लिम संघको आग्रह


बुधबार, चैत्र १९ २०७६
1000
Shares

भारतमा केहि दिनअघि भएको धार्मिक सभामा सहभागी भई फर्किएका नेपाली मुस्लिम समुदायका नागरिकलाई स्थानीय तहको सम्पर्कमा जान नेपाल मुस्लिम संघले आग्रह गरेको छ ।

बुधबार संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले एक अपिल पत्र जारी गर्दै दिल्ली स्थित निजामुद्दिन अउलिया जामा मस्जिदमा भएको धार्मिक सभामा नेपाली समेत सहभागी रहेको भन्ने जानकारी आएकाले नेपाल फर्किसकेका नागरिकले तत्काल स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।

अहिले कोरोना भाइरसको जोखिम बढेको र अन्यमा समेत सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै क्वारेनटाइनमा बस्न समेत नेपाली काँग्रेस निकट मुस्लिम संघले अपिल गरेको छ ।

साथै साबधानीका उपाय अपनाउन र लकडाउनकाे पालना गर्न समेत संघले सम्पूर्णमा आग्रह गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार