• आइतबार, भाद्र २८ २०८३

आँबुखैरेनीमा १५ लाखको लागानीमा पेपर उद्योग सञ्चालन


बिहिबार, असार २३ २०७९
800
Shares

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय फाँटमा नेप्किन पेपर उद्योग सञ्चालनमा आएको छ।

लामो समयसम्म विदेशी भूमिमा बसेर स्वदेश फिरेका युवा सुनिल रानामगरले उद्योग सञ्चालनमा ल्याएका हुन्।

विदेशी अनुभवलाई स्वदेशमा लागू गर्ने प्रयास गरिएको उनले बताए। एसएस पेपर नेप्किन उद्योग नाममा सञ्चालित उक्त उद्योगबाट पेपर प्लेट, पेपर कप र नेप्किन पेपरको उत्पादन गरिनुका साथै थोक तथा खुद्रा बिक्रीसमेत गर्ने सञ्चालक मगरले जानकारी दिए।

करिब १५ लाख रुपैयाँको लागतमा उद्योग सञ्चालनमा आएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार