गोरखा । सेवा प्रवाह नरोक्न गोरखा नगरपालिकाले नगरक्षेत्रका नीजि अस्पताल र औषधी पसलहरुलाई आग्रह गरेको छ ।
नगरक्षेत्रभित्र सञ्चालित स्वास्थ्यसंग सम्बन्धित अस्पताल, पोलिक्लिनिक, फार्मेसी लगायतलाई सेवा प्रवाह बन्द नगर्न आग्रह गरेको हो ।
बुधबार सूचना प्रकाशित गर्दै नगरपालिकाले अस्पताल, पोलिक्लिनिक लगायतबाट दिन सक्ने सबै सेवा लगायत औषधी बिक्रिवितरणलाई नियमिता दिन अनुरोध गरेको हो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम बरालद्धारा हस्ताक्षरित सूचनामा नगरभित्र स्वास्थ्य सम्बन्धि गुनासो आएकाले सेवा प्रवाह नरोक्न र कसैले अटेरी गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
हेर्नुस सुचना
