• आइतबार, भाद्र २८ २०८३

सुनको मूल्यमा भारी गिरावट


बिहिबार, असार २३ २०७९
800
Shares

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० ले घटेको छ।

आज सुनको बजार मूल्य प्रतितोला ९४ हजार ६०० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९६ हजारमा कारोबार भएको थियो । बुधबार पनि एकै दिन सुनको मूल्यमा १ हजार ६ सयले गिरावट आएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार