
गोरखा। लामो समयदेखि बन्द रहेको गोरखा बजारको सिसि क्यामरा हालै संचालनमा आएको छ ।
बिग्रिएका क्यामेराहरु मर्मत गरिए सङ्गै बुधबारदेखि सबै सीसी टिभि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
बजार क्षेत्रका विभिन्न ७५ ठाउँमा जडान गरिएकामध्ये ६४ ठाउँमा जडान गरिएका सिसि क्यामेरा संचालनमा ल्याएको उनले बताए ।
सिसि क्यामेरा पुनसंचालनमा आएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने र घटित अपराधको अनुसन्धानमा टेवा पुग्ने विश्वास गरिएको उनले बताए ।
स्थानीय टोल विकास संस्थाहरु, सञ्चार माध्यमहरुले यस बिषयमा चिन्ता र चासो लिएपछि गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक सेवा केन्द्रको पहलमा सिसि क्यामेरा पुनसंचालनमा ल्याएको उनले बताए ।


