• आइतबार, भाद्र २८ २०८३

प्रहरी हवल्दार सुरेश कुमाल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित


बिहिबार, असार २३ २०७९
1.4K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले जौवारीमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश कुमाल ०७९ साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेका छन् ।

एसपी केदार खनालले मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कुमाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

उनले समुदायमा प्रहरीको छवि सकारात्मक बनाउने काम गरेको, फरार प्रतिवादी पक्राउ गर्न सफल भएको, अवैध उत्खनन र चोरी निकासी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको एसपी खनालले बताए ।

प्रहरीहरुको मनोबल उच्च राख्न भन्दै जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट घोषित प्रहरीको फोटो एक महिना भर कार्यालय परिसरमा पनि झुण्ड्याउने गरेको खनालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार