• आइतबार, भाद्र २८ २०८३

बदली र वर्षाको सम्भावना कहाँ-कहाँ ?


बिहिबार, असार २३ २०७९
955
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभरको मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

बिहिबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार