गोरखा । गत १४ गतेदेखि गोरखा बजारबाट सम्पर्क बिहिन भएका हरि बहादुर मगर तनहुँमा भेटिएका छन् ।
गोरखा नगरपालिका ६ हरमटारी स्थित आयुर्वेदचोकमा बस्दै आएका ४८ बर्षिय हरि बहादुर मगर शुक्रबारदेखि परिवार र आफन्तबाट सम्पर्क बिहिन बनेका थिए ।
उनि हराएको समाचार मंगलबार दिउँसो फोटो सहित सिभिलखबरमा प्रकाशन भएपछि तनहुँमा रहेको भन्ने जानकारी स्थानीयले परिवारलाई मंगलबार बेलुका नै दिएको थियो ।
उनि आँबुखैरेनी र मुग्लिनको बिचमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजनाको पावर हाउस नजिक भेटिएको परिवारले जनाएको छ ।
उनलाई मंगलबार राती करिब १० बजे गोरखा स्थित कोठामा ल्याइएको श्रीमती मिना थापाले जानकारी दिइन् । रामेछाप घर भई करिब १७ बर्षदेखि उनको परिवार गोरखा सदरमुकाममा बस्दै आएको छ ।