• आइतबार, भाद्र २८ २०८३

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् बिहे


बुधबार, असार २२ २०७९
950
Shares

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बिहे गरेकी छन्।

उनले आफ्नो प्रेमी तथा व्यवसायी राहुल मोक्तानसँग बिहे गरेकी हुन्।

उनीहरूले मंगलबार राति नेवारी परम्पराअनुसार बिहे गरेका छन्। गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनीहरूको बिहे भएको हाे। 

बिहे समारोहअघि उनीहरूले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए। नेवारी परम्पराअनुसार रिसेप्सनपछि शुभ साइतमा निकटका आफन्त र परिवारको उपस्थितिमा बिहे भएको हो।

राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सदीक्षाको बिहेमा पूर्वमिस नेपालहरूको बाक्लो उपस्थिति थियो। सदीक्षा २०१० की मिस नेपाल हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार