• आइतबार, भाद्र २८ २०८३

सिरानचोकमा यात्रुबाहक बस दुर्घटना, २० जना घाईते


बुधबार, असार २२ २०७९
870
Shares

गोरखा। गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा बुधवार यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको गुडिरहेको यात्रुबाहक बस बुधवार दिउँसो अनियन्त्रित भइ सडकमा पल्टिँएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी २० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

पाँच जनाको चितवन र १५ जना घाईतेको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको उनले बताए । दुर्घटनाको कारण भने नखुलेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार