• शनिबार, साउन ९ २०८३

कोरोनाबाट एकै दिन ४३ सय ४१ जनाको मृत्यु, मृतकको संख्या ४२ हजार नाघ्यो


बुधबार, चैत्र १९ २०७६
1.1K
Shares

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मंगलबार एकै दिन ४३ सय ४१ जनाको मृत्यु भएको छ।

यो कोरोना संक्रमणको कारण एकै दिनमा भएको अहिलेसम्मकै धेरै मृत्यु हो।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ। संक्रमितको संख्या साढे आठ लाख नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ८ लाख ५७ हजार २ सय ६१ जना कोरोना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ। संक्रमितको संख्या एक लाख ५ हजार ७ सय ९२ पुगेको छ।

इटालीपछि मंगलबार स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा एकै दिन ७ सय ४८ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ९६ हजार पुगेको छ। स्पेनमा अहिलेसम्म यसको संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

अमेरिकमा मंगलबार एकै दिन कोरोना संक्रमणबाट ७ सय २६ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ३ जना नयाँ संक्रमित थपिएका छन्। कोरोनाबाट अमेरिकामा मृत्यु र संक्रमण हुनेदर बढ्दै गएको छ।

त्यहाँ अहिलेसम्म ३८ सय ६७ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १ लाख ८७ हजार ६ सय ९१ पुगेको छ। अमेरिका संक्रमणमा सबैभन्दा अघि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार