• आइतबार, भाद्र २८ २०८३

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकालाई


बुधबार, असार २२ २०७९
1K
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गोरखा। गोरखामा सञ्चालित नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकाले जितेको छ ।

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

मङ्गलबार जिल्ला खेलुकद बिकास समितिको आयोजनामा गोरखा सदरमुकाममा भएको खेलमा २१ स्वर्ण, १८ रजत, ३१ कास्य सहित ७० पदकका साथ गोरखा नगरपालिका प्रथम भएको हो ।

यस्तै, ९ स्वर्ण, १० रजत, ६ कास्य पदकसहित गण्डकी गाउँपालिका दृतिय र ७ स्वर्ण, ११ रजत, १२ कास्य पदकसहित बारपाक सुलिकोट गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा सहभागी भिमसेन थापा र धार्चे गाउँपालिकाले दुईरदुई स्वर्ण जिते भने चुमनुब्री गाउँपालिका, अजिरकोट, पालुङटार नगरपालिकाले एकरएक स्वर्ण जित्न सफल भए । शहीदलखन, सिरानचोक, आरुघाट गाउँपालिका भने प्रतियोगितामा सहभागी भएका थिएनन् ।

बिजेतालाई प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले टूफि, मेडल र प्रमाण पत्र बितरण गरेका हुन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्तासिंह बस्नेतको अध्यक्षतामा पुरस्कार बितरण कार्यक्रम भएको हो ।

प्रतियोगिताकाे एक कार्यक्रमका बिच जिल्ला अधिकारी आचार्यले समापन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार